कोभिड विरुद्धको अस्ट्राजेनेका खोप आगामी आइतबारसम्म नेपाल आइपुग्ने


जापान सरकारको सहयोगमा कोभिड–१९ विरुद्धको आठ लाख डोज अस्ट्राजेनेका खोप आगामी आइतबारसम्म नेपाल आइपुग्ने भएको छ । नेपालस्थित जापानी दूतावासले बुधबार १६ लाखमध्येको आधा खोप बिहीबार र शुक्रबार एयरलिफ्ट हुने र शनिबार र आइतबार नेपाल आइपुग्ने जानकारी गराएको हो ।

जापान सरकारको अनुदान सहयोगमा आउन लागेको बाँकी आधा भ्याक्सिन भने पानी जहाजको मार्ग हुँदै नेपाल आइपुग्ने दूतावासले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *