आरम्भ चौतारी लघुवित्तको नाफा ३९०.५७ प्रतिशत बृद्धि
आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म अघिल्लो वर्षभन्दा ३९० दशमलव ५७ प्रतिशत बढी खुद नाफा गरेको छ । अघिल्लो वर्ष सो अवधिसम्म रू. २ करोड ४० लाख ४० हजार खुद नाफा गरेको कम्पनीले गत वर्ष रू. ११ करोड ७९ लाख ३३ हजार यो नाफा गरेको हो ।
गत वर्ष रू. २ करोड ८३ लाख १९ हजार खराब कर्जा उठाउन कम्पनी सफल भएको छ । अघिल्लो वर्षभन्दा गत वर्ष सम्भावित जोखिमका लागि कम्पनीले करिब ३० प्रतिशत कम रू.२ करोड ९० लाख ८० हजार रकम छुट्याएको छ ।
सम्भावित जोखिमका लागि कम रकम छुट्याउदा कम्पनीको सञ्चालन नाफा ३६० दशमलव ५२ प्रतिशत बृद्धि भएको छ । अघिल्लो वर्ष रू. ३ करोड ४४ लाख ९९ हजार सञ्चालन नाफा गरेको कम्पनीले गत वर्ष रू. १५ करोड ८८ लाख ७६ हजार यो नाफा गरेको हो ।
८ दशमलव ८५ प्रतिशत बोनस शेयर मार्फत पूँजी बृद्धि गरी रू. २८ करोड ६७ लाख ६३ हजार पु¥याएको कम्पनीको जगेडा कोष रकम पनि १३२ दशमलव ५५ प्रतिशत बढेर रू. १६ करोड ३६ लाख २८ हजार कायम भएको छ ।
कम्पनीले गत वर्ष रू. २ अर्ब ७७ करोड ८५ लाख १२ हजार कर्जा सापटी लिएर रू. ४ अर्ब ३२ करोड २० लाख ७ हजार कर्जा प्रवाह गरेको छ । यो अवधिसम्म कम्पनीले रू। १ अर्ब २७ करोड १७ लाख ३५ हजार निक्षेप संकलन गरेको छ । अघिल्लो वर्षभन्दा कम्पनीले ९५ प्रतिशत बढी कर्जा सापटी लिएको हो भने ७१ दशमलव ७८ प्रतिशत बढी कर्जा प्रवाह गरेको हो ।