अफगानिस्तानमा फेरि बलियो हुँदै तालिवान,नागरिक चिन्तीत


अफगानिस्तानमा तालिवानले आक्रमणलाई तिब्र बनाएको छ। सेप्टरबरसम्म सबै विदेशी सेना अफगानिस्तानबाट हट्ने घोषणा भएपछि तालिवान पुनस् सक्रिय भएको हो। केही समययता अफगानी गाउँहरु नियन्त्रण गर्न सफल बनेको तालिवानी लडाकु हाल हेरत, लस्कर घा र कन्दहर शहरमा प्रवेश गरेका छन्। कयौं स्थानमा प्रहरी र तालिवानी लडाकुबिच झडप समेत भएको छ। पछिल्लो केही समययता सरकार र तालिवानको लडाइँमा धेरैजनाको मृत्यु भइसकेको छ।

इरान र पाकिस्तानसँग सीमा जोडिएका क्षेत्रसँगै अफगानिस्तानको आधार भूभाग अहिले तालिवानको नियन्त्रणमा रहेको अनुमान गरिएको छ।
तालिवानको सक्रियतासँगै मानिसहरु फेरि पलायन हुन सुरु भएको बताइएको छ।

तालिवानले कन्दहर शहरलाई हाल आफ्नो राजधानी बनाउने प्रयास गरेको बताइएको छ। अफगानी सरकारले पनि तालिवानी विस्तारलाई रोक्न सकेको छैन। त्यसैले हाल अफगानिस्तानका नागरिकहरु अन्यौलमा देखिएका छन्। राजधानी काबुलका धेरै स्थानमा मानिसहरु एउटै प्रश्न गरिरहेका देखिन्छन् अब के हुन्छ ?, तर उनीहरुले उनीहरुले प्रष्ट उत्तर भेट्न सकेका छैनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *