सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना


मनसुनी न्यून चापीय रेखा नेपालको पश्चिमी तराई भू–भाग नजिक रहँदा गण्डकी र कर्णाली प्रदेशमा सामान्यदेखि पूर्ण बदली र बांकी प्रदेशहरुमा आंशिकदेखि सामान्य बदलीको भएको छ । गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भैरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।विभागले आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश तथा सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *