जासुसी सफ्टवेयर पेगाससबारे इजरायलले अनुसन्धान गर्ने


इजलायसले पेगासस स्पाइवेयरको दुरुपयोग भएको विषयमा अनुसन्धान गर्न मन्त्रीहरुको एक समूह गठन गरेको छ। गठित समूहको नेतृत्व गरिरहेका राष्ट्रिय सुरक्षा परिषदका प्रमुख सिधै प्रधानमन्त्री नेफ्टाली बेनेट प्रति उत्तरदायी हुनेछन्।

इजयाली कम्पनीले निर्माण गरेको जासुसी सफ्टवेयर ुपेगाससु को सहयोगले फोन ह्याक गरि सूचनाहरु लिइएको खबर केही दिन अघिमात्रै प्रकाशित भएको थियो। विभिन्न राष्ट्रका राष्ट्र प्रमुखदेखि मन्त्री, राजदूत, पत्रकार, सामाजिक अभियन्ता, व्यवसायीहरुको फोन ट्यापिङ गरि सूचनाहरु निकालिएको घटना सार्वजनिक भएपछि सफ्टवेयर क्मपनीमाथि प्रश्न उठेको थियो।

भारतमा समेत यही सफ्टवेयरको प्रयोगबाट भारतका लागि नेपाली राजदूत निलम्बर आचार्यसहित सयौं व्यक्तिको फोन ट्यापिङ गरेर सूचना निकालेको सार्वजनिक भएको थियो।

पेगासस सफ्टवेयर प्रयोग भइरहेको देशमा सफ्टवेयरको गलत प्रयोग भइरहेको रिपोर्ट आएपछि इजरालयले मन्त्रीहरुको समूह नै बनाएर अनुसन्धान सुरु गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *