संवैधानिक परिषद सम्बन्धि अध्यादेश राष्ट्रपतिद्धारा खारेज
राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज गरेकी छन् ।
मन्त्रिपरिषद्को शनिवारको बैठकले गरेको सिफारिश अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् (काम, कर्तव्य र अधिकार कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश खारेज गरेको राष्ट्रपतिको कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ ।
यसअघि तत्कालीन प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटा उपस्थित नभएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा २ पटकसम्म राष्ट्रपतिले उक्त अध्यादेश जारी गरेकी थिइन् ।