शेरबहादुर देउवाको नेतृत्वमा आज सानो आकारको मन्त्रीमण्डल गठन हुने
विपक्षी गठबन्धनले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सुरुमा ‘सानो मन्त्रीमण्डल’ गठन गर्ने सहमति गरेको छ । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालको कोटेश्वस्थित निवासमा बसेको पाँच दलीय विपक्षी गठबन्धनको बैठकले प्रारम्भमा सानो मन्त्रीमण्डल गठन गर्ने सहमति गरेको नेता बालकृष्ण खाँडले जानकारी दिए ।
उनकाअनुसार बैठकमा दलहरूको सहमति र सहकार्यलाई अगाडि लैजाने तथा मिलेरै सरकार चलाउनुपर्ने विषयमा छलफल भएको थियो ।उनले शीर्ष नेताहरूबीच भोलि ९मंगलबार० पनि बैठक बस्ने जानकारी दिए ।
यस्तै बैठकले सर्वोच्च अदालतको फैसलालाई ऐतिहासिक र महत्वपुर्ण फैसला भएको भन्दै सर्वोच्च अदालतलाई धन्यवाद दिएको छ ।
आज कांग्रेस र माओवादी केन्द्रका केही नेतालाई मन्त्री बनाउने गृहकार्य भएको छ । यसको निर्णय सपथग्रहण अघि नै गठबन्धनको बैठक बसेर हुनेछ ।
जसपाको बाबुराम भट्टराई-उपेन्द्र यादव खेमा भने साउन ७ पछि मात्रै सहभागी हुने भएको छ ।