नेशनल माइक्रोफाइनान्सको ७६ हजार कित्ता संस्थापक शेयर लिलामीमा
नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ७६ हजार ५० कित्ता शेयर असार २८ गते सोमवारदेखि लिलामीमा आएको छ । कम्पनीले असार ३० गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिने गरी उक्त शेयर लिलामीमा ल्याएको हो । यो शेयर विक्री प्रबन्धकमा आरविवि मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।
कम्पनीले यस अघि चैत ३१ गतेदेखि जेठ ३ गतेसम्म विद्यमान संस्थापकहरुलाई प्राथमिकता दिई ३५ दिनको सुचना जारी गरेको थियो । उक्त अवधिमा विद्यमान संस्थापकहरुबाट आवेदन नपरेपछि इच्छुक जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले खरिद गर्न सक्ने गरी कम्पनीले यो शेयर लिलामीमा ल्याएको हो ।
यो शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. १ हजार २२ तोकेको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । बोलकबोल गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।तोकिएको अवधिभित्र प्राप्त आवेदन असार ३१ गते विहान ११ बजे आरविवि मर्चेण्ट बैंकिङ्ग लिमिटेडको टेकु, काठमाडौंमा रहेको कार्यालयमा खोलिने कार्यक्रम तय भएको छ ।