लक्ष्मी बैंकको दुई अर्बको ऋणपत्र बिक्रि खुला, ब्याज कति ?
लक्ष्मी बैंकले असार २८ गतेदेखि ऋणपत्र बिक्रि खुला गरेको छ । बैंकले २ अर्ब बराबरको (प्रति कित्ता १ हजार अंकित दरका) २० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो ।
जस मध्ये १२ लाख कित्ता निजि तबरबाट र ८ लाख कित्ता सर्वसाधारण लगानीकर्ताको लागि बिक्रि हुनेछ । सर्वसाधारणलाई छुट्याईएको ८ लाख कित्ता मध्ये ४० हजार कित्ता सामुहिक लगानी कोषलाई छुट्याईएको बैंकले जनाएको छ ।
ऋणपत्र निष्काशनको लागि सिभिल क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । यस ऋणपत्रमा छिटोमा असार ३१ गते र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा साउन ११ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा न्युनतम २५ कित्ताको लागि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सकिने छ ।
१० वर्ष अवधिको यस ऋणपत्रमा बैंकले वार्षिक ८।५ प्रतिशत ब्याज प्रदान गर्ने छ ।