प्रिमियर इन्स्योरेन्सको संस्थापक शेयर पुनः लिलामीमा
प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक शेयर पुनः लिलामीमा आएको छ । यस अघि असार १६ गतेदेखि २५ गतेसम्म ५ लाख ४८ हजार २५ कित्ता संस्थापक शेयर गोप्य शिलबन्दी बोलपत्र आव्हान गर्दा वितरण हुन नसकेपनि कम्पनीले पुनः उक्त शेयर लिलामीमा ल्याएको हो । यस अघि तोकिएको मूल्यलाई घटाएर कम्पनीले यो शेयर लिलामी गर्न लागेको हो ।
यस अघि प्रतिकित्ता रू. ६०० मूल्य तोकिएको यो शेयर कम्पनीले अहिले प्रतिकित्ता रू. ५५० तोकेर लिलामी खुला गरेको हो ।
शेयर खरिदका लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । आवेदन दिदाँ न्यूनतम ५०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।
यस कम्पनीको यो शेयर बाँडफाँटमा प्राप्त गर्ने शेयरधनीहरुले कम्पनीद्वारा असार २७ गतेपछि सार्वजनिक हुने लाभांश र हकप्रद शेयर समेत प्राप्त गर्नेछन् ।