ओली र नेपालबीचको वार्ता सकारात्मक, तर निष्कर्षविहीन


काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीचको वार्ता निष्कर्षविहीन बनेको छ । बुधबार साँझ मेरियट होटेलमा भएको दुई नेताहरूबीचको वार्ता निष्कर्षविहीन बनेको हो ।

नेता सुरन्द्रेले पाण्डेले भने वार्ता सकारात्मक बनेको दाबी गरे । “सुरुमा हामीले उहाँहरूलाई वान टु वान वार्तामा बसाएका थियौँ । छलफल सकारात्मक दिशामा छ । बाँकी भोलिको कार्दल बैठकमा छलफल हुन्छ,” उनले भने ।
अर्का नेता भीम रावलले भने वार्तामा कुनै ठोस उपलब्धि भएको संकेत गरेनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *