‘भेरोसेल’ खोप नेपाल ल्याउन आजदेखि तीन उडान हुने
कोभिड-१९ विरुद्धको खोप ‘भेरोसेल’ नेपाल ल्याउन आजदेखि तीन उडान हुने भएको छ । नेपाल वायुसेवा निगमको बाइडबडी ए ३३० जहाजमार्फत आजदेखि साउन ८ गतेसम्म तीनवटा उडानमार्फत खोप ल्याउन लागिएको हो ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले चीनबाट भेरोसेल खोप ल्याउन जहाज त्यसतर्फ जाने बताए ।
सरकारले (जिटुजी)मार्फत चीनबाट खोप ल्याउन लागेको हो । उनकाअनुसार आज साँझ निगमको विमान खोप लिनका लागि चीन जाँदै छ । जहाजले भोलि खोप ल्याउने छ ।असार ३१ गते पुनः बाइडबडी जहाज खोप लिन जाने र साउन १ गते तथा साउन ७ गते पुनः जहाज नेपालबाट गएर साउन ८ गते खोप ल्याउने छ ।
“आजदेखि तीनपटक जहाज खोप लिनका लागि चीन जाने छ । परिणाम ठूलो आउँछ तर कति आउँछ भन्ने यकिन छैन,’ उनले भने ।उनले पहिलोपटक खोप ल्याइसकेपछि मात्र कति मात्रा खोप नेपाल आएको यकिन हुने बताए । चीनको सिनोफार्म कम्पनीबाट सरकारले भेरोसेल खोप खरिद गर्न लागेको हो ।खोप नेपाल आइसकेपछि ६० वर्ष मुनि उमेर समूहका मानिसलाई प्रथामिकताका आधारमा लगाउने उनले बताए । यस्तै सरकारलाई कोभ्याक्स सुविधामार्फत समेत छिट्टै खोप ल्याउने मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. पौडेलले ६० लाख जनसङ्ख्यालाई पुग्ने खोप कोभ्याक्सले उपलब्ध गराउने प्रतिवद्धता अनुसार बाँकी खोप दिने तयारी गरिरहेको जानकारी दिए