क्राइम रिर्पोटर माथि लगालग पांच गोली प्रहार


एम्सटर्डममा एक पत्रकारमाथि गोली प्रहार भएको छ। अपराध सम्बन्धी घटनाहरुको रिपोर्टिङ गर्ने पिटर आर डी भरिजमाथि गोली प्रहार भएको हो।

प्रहरीका अनुसार एक टेलिभिजन शोमा उपस्थित भएको केही समयपछि नै उनीमाथि गोली चलेको हो। प्रहरीका अनुसार उनीमाथि पाँचपटक गोली प्रहार भएको थियो। उनको टाउकोमा समेत गोली लागेको छ।प्रहरीले घटनामा संलग्न भएको आरोपमा ३ जनालाई पक्राउ गरेको छ।

क्राइम केसहरुकै रिपोर्टिङका क्रममा उनलाई पहिला ज्यान मार्ने घम्की आएको थियो। त्यसपछि उनलाई प्रहरीले सुरक्षा समेत प्रदान गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *