दिलीप कुमारको निधनले एक संस्थाको नै अन्त्य भएको छ


प्रख्यात भारतीय अभिनेता दिलीप कुमारको ९८ वर्षको उमेरमा निधन भएको छ।

स्वास्थ्यमा समस्या देखिए पछि करीब एक हप्ताअघि अस्पताल भर्ना भएका उनको अस्पतालमै निधन भएको हो।उनले सन् १९९४ मा ज्वारभाटा नामक चलचित्रबाट अभियन यात्रा सुरु गरेका थिए। तर सन् १९४९ मा प्रदर्शनमा आएको अन्दाजले उनलाई ख्याति दिलाएको थियो।

व्यावसायिक हिसाबले सफल चलचित्रमा नर्गीस र राज कपुरले पनि अभिनय गरेका थिए जो पछि गएर चर्चित अभिनेता बन्न सफल भए।

उनको अभिनय रहका मेला, नयाँ दौर, गङ्गा जमुना, देवदास, मुग़ल ए आज़म लगायत सफल चलचित्र हुन् ।

यसैबीच भारतीय प्रधानमन्त्री नरेद्र मोदीले उनको निधनमा दुःख व्यक्त गर्दै भारतीय चलचित्र क्षेत्रलाई अपूरणीय क्षति भएको जनाएका छन् ।
बलिउड अभिनेता अमिताभ बच्चनले दिलीप कुमारको निधनले एक संस्थाको नै अन्त्य भएको अभिव्यक्ति दिएका छन्। साथै भारतको सिनेमा उद्योगमा उनको नाम सदावहार रहने समेत उनले उल्लेख गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *