पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको नेपाल विद्यार्थी संघद्धारा विरोध
काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोध गरेको छ । मंगलबार रातिदेखि लागु हुनेगरी नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ ।
नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले कोरोना महामारी र बाढी पहिरोले थलिएबा बेला सरकारले जनतालाई दुःख दिन पेट्रोलियम पदार्थको मूल्य बढाएको बताए । उनले मूल्यवृद्धि फिर्ता लिन पनि माग गरेका छन् ।
उनले संकटका बेला ‘जनताको चुलो बन्द गराउन’ सरकार र नेपाल आयल निगमको दुर्नियत निन्दनीय भएको बताए । पटक–पटक आम उपभोक्ताको ढाड सेक्नेगरी गरिएको चर्को मूल्य वृद्धिको सबैले प्रतिरोध गर्नुपर्ने उनको भनाइ छ ।