जीवन विकास लघुवित्तको आईपीओ बाँडफाँट, ५ जना भाग्यमानीले पाए ११कित्ता शेयर
काठमाडौं । जीवन विकास लघुवित्तले सर्वसाधारणमा बिक्री गरेको प्राथमिक शेयर (आईपीओ) आज बाँडफाँट भएको छ ।लघुवित्तको बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा बुधबार बिहान आइपिओ बाँडफाँट भएको हो । मागभन्दा धेरै आवेदन परेकोले गोलाप्रथाद्वारा बाँडफाँट गरिएको आइपिओ १ लाख ८४ हजार ८०१ जनाले १० कित्ताका दरले लघुवित्तको शेयर पाएका छन् । जसमा ५ जना भाग्यमानीले ११ कित्ता शेयर पाएका छन् ।
यस लघुवित्तले गत असार ११ गतेदेखि १५ गतेसम्म प्रतिकित्ता १०० अंकित दरका १९ लाख ७७ हजार ३०० कित्ता साधारण शेयर बिक्री गरेको थियो ।
निष्काशन गरिएको कुल शेयरमध्ये ९८ हजार ८६५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको हुँदा बाँकी १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणमा बाँडफाँट गरिएको हो ।
सो शेयरमा कुल २० लाख ८७ हजार ३१७ जनाले ३ करोड १२ लाख ९९ हजार ३४० कित्ताका लागि आवेदन दिएका थिए । जसमध्ये ३ हजार ४७१ जनाको आवेदन रद्द भएको र ६५ हजार ५३८ जनाको आवेदन आस्बाबाट अस्वीकृत भएको क्यापिटलले जनाएको छ ।