काठमाडौं उपत्यकामा फेरि एक साता निषेधाज्ञा थप
काठमाडौं उपत्यकामा फेरि एक साता निषेधाज्ञा थप गरिएको छ । आइतबार उपत्यकाका तीन जिल्ला भक्तपुर, ललितपुर र काठमाडौंका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले यस्तो निर्णय गरेको हो ।
जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले टेम्पो र माइक्रोबस चल्न दिने निर्णय गरिएको जानकारी दिए ।
“स्वास्थ्य मापदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्नेछ । सिट क्षमताभन्दा एकजना पनि बढी यात्रु चढाउन पाइने छैन । संक्रमण बढ्न सक्ने जोखिम कायमै छ । भनेजति संक्रमणदर घटेको छैन,” उनले भने ।विद्यालय, मठमन्दिर, पार्टी प्यालेस, सिनेमा हल, जिमखाना लगायतका क्षेत्र भने पहिलेकै नियम कायम राखिने निर्णय भएको छ
२५ सिट क्षमताभन्दा माथिका सार्वजनिक सवारी साधन गत सातादेखि नै सञ्चालनमा आइसकेका छन् । साना बस, माइक्रो, टेम्पो लगायतका सार्वजनिक सवारी साधन २२ गतेदेखि सञ्चालनमा आउने भएका छन् ।
दोस्रो लहरको कोरोना महामारीको चेन ब्रेक गर्न भन्दै गत वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी छ ।