नागरिक लगानी कोषको लाभांश पारित
नागरिक लगानी कोषको लाभांश पारित भएको छ । कम्पनीको शुक्रबार सम्पन्न साधारणसभाले हाल कायम चुक्ता पुँजीको ९ प्रतिशतले हुन् आउने २७ करोड बराबरको बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि ८.८९४७ प्रतिशतले हुन आउने २६ करोड ६८ लाख ४२ हजार १ सय ५ रुपैयाँ २६ पैसा बराबरको नगद गरि कुल १७.८९४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
त्यस्तै सभाले अध्यक्षको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन र अन्य वित्तीय प्रतिवेदन छलफल गरि पारित गर्ने, र साधारणसभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनिधि चयन गर्ने प्रस्ताव पारित गरेको छ । कोषले भुर्चअल माध्यमबाट साधारणसभा गरेको हो ।
कोषले चालु आर्थिक वर्षको जेठ मसान्तसम्म रु एक खर्ब ७२ अर्ब बराबरको रकम सङ्कलन गरेको छ । यस्तै सो अवधिसम्म रु एक खर्ब ७१ अर्ब ९७ करोड बराबरको लगानी गरेको छ । कोषको पूँजी वृद्धि हुनका साथै कारोबारसमेत विस्तार भएको उल्लेख गरेको छ ।
पुँजीबजारको विकास, विस्तार र स्थायित्व प्रदान गर्ने उद्देश्यले कोषको अग्रसरतामा नागरिक स्टक डिलर कम्पनी स्थापना गरी कारोबार शुरु भएको छ ।