ओली र नेपालबीच फोन वार्ता तर मिलेन कुरा,बामदेव गौतम भने बालुवाटारमा


नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई फोन गरेरै केन्द्रीय कमिटी बैठकमा बोलाएका छन् ।

दुई नेताबीच शुक्रबार बिहान फोन संवाद भएको नेकपा एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।फोन संवादमा अध्यक्ष ओलीले बैठकमा आउन नेता नेपाललाई आग्रह गरेका थिए। उनले आफूलाई चित्त नबुझेको कुरा बैठकमै आएर राख्न आग्रह गरेको प्रधानमन्त्रीको भनाइ उद्धृत गर्ने नेता तामाङले जानकारी दिए ।

यसैबीच बैठकमा सहभागी हुन उपाध्यक्ष वामदेव गौतम बालुवाटार गएका छन् । गौतमका छोरा तथा एमाले बर्दियाका नेता हरिश गौतमले उपाध्यक्षको हैसियतमा गौतमलाई प्राप्त भएको बताउँदै उनी बैठकमा सहभागी हुन बालुवाटार पुगेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *