सिटिजन्स बैंक र सिर्जन फाइनान्सको २६ गतेबाट एकिकृत कारोबार हुने
सिटिजन्स बैंक ले सिर्जना फाइनान्सलाई प्राप्ति गरेपछि असार २६ गतेबाट एकिकृत वित्तीय कारोबार सुरु गर्ने भएको छ ।
जेठ २७ बसेको दुवै स्नास्थाको विशेष साधारणसभाले मर्जर तथा प्राप्ति समबन्धि प्रस्ताव पारित गरेको थियो । राष्ट्र बैंकले असार १५ गते मर्जर तथा प्राप्तिको लागि अन्तिम स्वीकृति दिएपछि र कम्पनी रजिष्ट्रारको कार्यालयले असार १७ गते अन्तिम स्वीकृति प्रदान गरेको थियो ।
सिटिजन्स बैंक इन्टरनेशनलको नामबाट असार २६ देखि एकिकृत वित्तीय कारोबार सुरु गर्न लागेको हो ।
एकिकृत कारोबारको लागि डाटा माइग्रेसन गर्नु पर्ने भएकोले असार २५ गते बेलुका ५ बजेदेखि असार २६ गते असार २६ सम्म दुवै संस्थाले प्रदान गर्दै आएका सम्पूर्ण सेवाहरु बन्द रहने बैंकले जनाएको छ ।
उक्त अवधिमा एटिएम, मोबाइल बैंकिंग, अनलाइन बैंकिंग, डेबिट कार्ड, होलिडे काउन्टर, मध्यकालिन काउन्टर लगायत सबै सेवा बन्द हुने बैंकले जनाएको छ ।