स्वावलम्बन लघुवित्तको संस्थापक शेयर लिलामीमा
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको १ लाख ८९ हजार ६५३ कित्ता संस्थापक शेयर असार १८ गते शुक्रवारदेखि लिलामीमा आएको छ । नबिल बैंकको स्वामित्वमा रहेको उक्त शेयर असार २९ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिने गरी लिलामीमा आएको हो ।
यो शेयरको न्यूनतम मूल्य रू. ७०० तोकिएकाले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । शेयर खरिदका लागि बोलकबोल गर्दा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ ।
यो शेयर विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । तोकिएको अवधिभित्र प्राप्त गोप्य शिलबन्दी बोलपत्र असार ३० गते विहान १० बजे विक्री प्रबन्धकको कार्यालयमा विहान १० बजे खोलिने जानकारी पनि कम्पनीले गराएको छ