फिल्म फेस्टिभल र प्रतिस्पर्धामा मनोनित हुने फिल्मलाई अनुदान राशीको घोषणा
सरकारले विश्व फिल्म फेस्टिभल र प्रतिस्पर्धामा मनोनित हुने फिल्मलाई अनुदान राशीको घोषणा गरेको छ। चलचित्र विकास बोर्डले कार्यविधि जारी गर्दै अस्करसहितका अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा छनौट हुनेलाई ट्राभल ग्रान्ट उपलब्ध गराउने घोषणा गरेको हो।
कार्यविधिअनुसार चलचित्र विकास बोर्डले अस्कर अवार्डको अन्तर्राष्ट्रिय फिचर विधामा मनोनित अथवा विजयी हुने फिचर फिल्मले ८ लाख रुपैयाँ सहयोग पाउने छन्। साथै छोटो फिल्मले भने २ लाख रुपैयाँ पाप्त गर्नेछन्। गोल्डेन ग्लोब्समा मनोनित हुने फिचरलाई २ लाख र छोटो फिल्मलाई १ लाख दिने भनिएको छ।
चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले अन्तर्राट्रिय फिल्म फेस्टिभलमा छनोट हुने फिल्मलाई प्रोत्साहन रुवरुप सहयोग रहेको जानकारी दिए। जुन कार्यविधि चार महिनाअघि नै सरकारले पास गरिसकेको समेत उनले बताए।
बोर्डले सहयोग दिने फिल्म वा फिल्मकर्मीलाई ३ भागमा वर्गीकरण गरेको छ। पहिलो भागमा अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल छन् भने दोस्रोमा बोर्डले ‘स्क्रिप्ट डेभलपमेन्ट’ र ‘प्रोजेक्ट मार्केट ल्याब’ लाई सूचीकृत गरेको छ।