भोली देखि मनकामना स्मार्ट लघुवित्तको आइपिओ निष्कासन
मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले असार १७ गते (भोलि) देखि सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्ने भएको छ ।कम्पनीले रू ३ करोड ८९ लाख बराबरको ३ लाख ८९ हजार कित्ता आइपिओ छिटोमा असार २१ गते र ढिलोमा असार ३१ गतेसम्म विक्री खुलाको मिति तय गरेको हो ।
कुल कित्तामध्ये ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारीहरुका लागि र १९ हजार ४५० कित्ता सामुहिक लगानी कोषको लागि सुरक्षित गरी बाँकी ३ लाख ६३ हजार ४९२ कित्ता सार्वजनिक निष्कासनमा आउन लागेको हो ।
यो आइपिओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयमार्फत आवेदन दिन सकिनेछ । साथै मेरो शेयर मार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।