प्रिमियर इन्स्योरेन्सको संस्थापक शेयर लिलाममा
प्रिमियर इन्स्योरेन्सले आज असार १६ गतेदेखि ५ लाख कित्ता बढी संस्थापक शेयर लिलाम गर्ने भएको छ । कम्पनीले संस्थापक समुहको ५ लाख ४८ हजार २५ कित्ता संस्थापक शेयर लिलाम गर्न लागेको हो ।
शेयर लिलाम प्रक्रियाको लागि एनआईसी एसिया क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । उक्त शेयरमा असार २५ गतेसम्म आवेदन दिन सकिने छ । हाल कायाम संस्थापक तथा जो कोहि व्यक्ति, संघ , संस्था , कम्पनीले यस लिलामीको शेयरमा आवेदन दिन सक्ने छन् । कम्पनीले यी शेयरको न्युनतम मूल्य प्रति कित्ता ६ सय कायम गरेकोले सो भन्दा बढी कबुल गरेर आवेदन दिनु पर्ने छ । आवेदन दिंदा न्युनतम ५ सय कित्ता र अधिकतम पुरै कित्ताको लागि आवेदन दिन सकिने छ ।
सबै भन्दा बढी रकम कबुल गर्नेले शेयर पाउने छन् । सबैभन्दा बढी रकम कबुल गर्नेले शेयर पाएपछि पनि शेयर बाँकि रहेको खण्डमा दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छन् । शेयर नसकिंदासम्म यहि प्रक्रियाबाट शेयर बाँडफाँड हुने छ ।