मंगलबार सेयर बजार परिसूचकमा ४७.४९ अंकको गिरावट
मंगलबार सेयर बजार परिसूचक नेप्सेमा ४७.४९ अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक ४७.४९ अंकले गिरावट आउँदै २८२८.०० विन्दुमा झरेको हो ।
‘क’ वर्गका ठूला कम्पनीहरूका सेन्सेटिभ इन्डेक्स समेत अधिकतम ९ अंकले घट्दै ५२३.७० विन्दुमा झर्न पुगेको छ । यस दिन ठूलो अंकले नेप्सेमा गिरावट आउँदै गर्दा यता कारोबार रकम समेत ६ अर्बमा खुम्चिन पुगेको नेप्सेले जनाएको छ ।
नेप्सेका अनुसार आज कुल २२३ कम्पनीका १ करोड ४० लाख ४४ हजार ३८१ कित्ता सेयर ७५ हजार ८८० पटक किनबेच हुँदा कुल ६ अर्ब ७२ करोड ६३ लाख ६१ हजार ८६९ रुपैयाँको कारोबार भएको छ ।