युनियन लाइफ इन्स्योरेन्सलाई आईपिओ निष्काशनको अनुमति
युनियन लाइफ इन्स्योरेन्सले आईपिओ निष्काशनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई असार १३ गते शेयर निष्काशनको लागि अनुमति प्रदान गरेको हो ।
बोर्डबाट अनुमति पाएसंगै कम्पनीले अब कम्पनीले सर्वसाधारणको लागि ६४ करोड २० लाखको बराबरले हुन आउने ६४ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्नेछ । हाल कम्पनीको जारी पूँजी २ अर्ब १५ करोड रहेको छ । आईपिओ निष्काशनपछि कम्पनीको चुक्ता पुंजी २ अर्ब १५ करोड पुग्ने छ।
कम्पनीले शेयर निष्काशनको लागि प्रभु क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ ।