उपत्यकामा जारी निषेधाज्ञा केही खुकुलो पार्दै एक हप्ता थप


काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा केही खुकुलो पार्दै १ हप्ता थपिएको छ । सोमबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा केही खुकुलो पार्दै १ हप्ता थप्ने निर्णय गरेको हो ।

बैठकले भोलि मंगलवारदेखि २५ सिट भन्दा ठूला सार्वजनिक गाडीलाई जोर बिजोर नम्बरका आधारमा सञ्चालन गर्न दिने निर्णय गरेको काठमाडौंका सुचना अधिकारी कल्पना घिमिरे नेपालले जानकारी दिइन् । उनले भनिन्, “भोलिदेखि २५ सिट भन्दा ठूला सार्वजनिक गाडीलाई जोर बिजोर नम्बरका आधारमा सञ्चालन गर्न दिने निर्णय गरिएको छ ।

उक्त सवारीमा स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने, बसमा सेनीटाइजर राख्ने तथा सिटमा यात्रुको दूरी राख्नुपर्ने जस्ता मापदण्ड तोकिएको छ ।”बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म चलाउन पाइने सार्वजनिक यातायातमा स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने, बसमा स्यानिटाइजर राख्ने तथा सिटमा यात्रुको दूरी कायम हुनुपर्ने आदेशमा भनिएको छ ।

गत वैशाख १६ देखि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञामा सार्वजनिक सवारीसाधन सञ्चालन गर्न दिइएको थिएन ।

उपत्यकामा ट्याक्सी तथा निजी गाडी भने अघिल्लो हप्तादेखि नै सञ्चालनमा आइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *