राजदूतमा सिफारिस गरिएका युवराज कार्कीलाई नियुक्त नगर्नु : सर्वोच्च अदालत


सर्वोच्च अदालतले बहराइनको राजदूतमा सिफारिस गरिएका युवराज कार्कीलाई राजदूतमा नियुक्त नगर्न अन्तरिम आदेश दिएको छ ।

मन्त्रिपरिषद्ले गरेको सिफारिसविरुद्ध वरेको रेको रिट निवेदनको सुनुवाइ गर्दै आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले नियुक्त नर्गन आदेश दिएको हो ।राजदूत नियुक्तिसम्बन्धी निर्देशिका, २०७५ मा राजदूत हुनका लागि स्नातक उत्तीर्ण भएको हुनुपर्ने प्रावधान थियो ।
तर सरकारले उक्त व्यवस्थालाई संशोधन गरेर राजदूत हुनका लागि स्नातक गरेको हुन नपर्ने भन्ने व्यवस्था राखेर कार्कीलाई सिफारिस गरेको थियो ।

“निर्देशिकाले तोकेको शैक्षिक योग्यता निजको हकमा ‘प्रथम दृष्टि’ रूपमा नै पुगेको नदेखिएकाले विपक्षीमध्ये युवराज कार्कीको हकमा मन्त्रिपरिषद्को मिति २०७८।१।२५ को मित्रराष्ट्र बहराइनको आवासीय राजदूत नियुक्तिको सिफारिस निर्णय यो निवेदनको अन्तिम टुंगो नलागेसम्मको लागि कार्यान्वयन नगर्नूरनगराउनू,” सर्वोच्चको अन्तरिम आदेशमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *