पुत्र मोहमा फसेका धृतराष्ट्र र उहाँमा के फरक भयो र !


संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथि निवेदकको तर्फबाट बहस गर्दै वरिष्ठ अधिवक्ता शतिशकृष्ण खरेलले धारा ७६(५) को वस्तुपरक रूपमा आधार पाउने कुरा के हो?भन्दै प्रश्न गरेका छन्। उनले त्यस धारामा कुनै विवाद नभएको भन्दै बहुमत समर्थन गर्ने व्यक्ति रहेको र बहुमत पुष्टि गर्ने आधार भएको बताएका हुन्।

खरेलले भने, संसदबाट कुनै प्रासेसमा जाँदा मेरो व्यक्तिले ह्विप उल्लंघन गरेकाले हटाई पाउ भन्ने हो। यहाँ न ह्विप जारि छ, न सूचना जारी छ, न सूचना जानकारी गराइएको छ। त्यसकारण देउवालाई गरेको समर्थन भ्यालिड छ।“
कसैले संसद्को विशेष अधिवेशन आह्वानको निवेदन लैजाँदा घण्टौँ दर्ता नै नगरिदिने अनि केपी ओलीका निवेदन रातको ९ बजे, ११ बजे पनि स्वीकार गर्दै प्रतिनिधिसभा नै विघटन गरिदिने ,” उनले प्रश्न गरे, “पुत्र मोहमा फसेका धृतराष्ट्र र उहाँमा के फरक भयो ”

Leave a Reply

Your email address will not be published. Required fields are marked *