अन्तर्राष्ट्रिय बागलुङ समाज र गैर आवासिय नेपाली संघ बेल्जियमको टोली,स्वास्थ्य सामग्री सहित गल्कोटमा
सुरेन्द्र कंडेल बागलुङ,
अन्तर्राष्ट्रिय बागलुङ समाज बागलुङ र गैर आवासिय नेपाली संघ बेल्जियम ले कोभिड १९ को उच्च जोखिमलाई नियन्त्रण गर्नको लागि स्वास्थ्य सामाग्री बितरण गरि गरेको छ । समाजले स्थापनाकाल देखि नै बागलुङ जिल्लामा सामाजिक कार्य गर्दै आएको छ। अहिलेको विषम परिस्थितिलाई हेर्दै स्वास्थ्य सामग्री बितरण गरिरहेको छ।
धौलागिरी अञ्चल अस्पताल, पत्रकार महासघं, सव ब्यबस्थापन बिभाग र निशिखोला गाउपालिका, तमान खोला र विभिन्न पालिकामा स्वास्थ समाग्री बितरण गरिसकेको समाजले आइतबार (हिजो)गल्कोट नगरपालिका पुगेर गल्कोट नगरपालिकाका प्रमुख भरत शर्मालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ।
पुर्ब राज्यमन्त्री चम्पा देबि खड्का, बागलुङ बेल्जियम समाजका पुर्ब अध्यक्ष तथा अन्तर्राष्ट्रिय बागलुङ समाजका संस्थापक संरक्षक गंगाप्रसाद शर्मा, गैर आवासिय नेपाली संघ सदस्य – अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य होमनाथ शर्मा र तथा अन्तर्राष्ट्रिय समाज बागलुङका कार्यालय प्रमुख सुरेन्द्र कंडेलले सामाग्री हस्तान्तरण गर्दै यी सामाग्रीको सही सदुपयोग हुने विश्वास राखेको बताएका थिए।