मेलम्ची खोला फेरि एक्कासी ठूलो,सर्तक रहन अनुरोध


काठमाडौं । मेलम्ची खोला फेरि एक्कासी बढेको छ । स्थानीय डम्बर भारतीले सामाजिक सञ्जाल फेसबुकमार्फत यसअघि बढेको भन्दा चार मिटर माथि बाढी आएको जानकारी गराएका छन् ।

मेलम्चीमा फेरि भीषण बाढी आएको छ । करिब ९ बजेतिर एक्कासी नदीमा असार १ गतेको भन्दा पनि ठूलो बाढी आएपछि नदी तटीय क्षेत्रका स्थानीयको भागभाग भएको छ, उनले भनेका छन् ।उनले काठपात बगाएको जानकारी गराउँदै नजिक रहेका स्थानीयलाई सचेत रहन आग्रह गरेका छन् ।

त्यसक्षेत्रमा बिजुली बत्ती पनि छैन ।मेलम्ची क्षेत्रमा पानी नपरे पनि माथिबाट ढुंगा र माटोसहितको लेदो आएर नदी बढेको उनले जनाएका छन् ।

यसैबीच जल तथा मौसम विज्ञान विभागले शुक्रबार राति एक सूचना निकालेर सिन्धुपाल्चोकको बाह्रबिसेस्थित भोटेकोशी नदीमा जलसतह सतर्कता तह आसपास रहेकोले नदी तटिय क्षेत्रमा शनिकार बिहानसम्म सतर्क रहन आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *