निर्माणाधिन पुल बाढीले बगायो
नवलपुर। नवलपरासी(बर्दघाट-सुस्तापूर्व)को बौदीखोलामा आएको बाढीले ढलानका लागि तयारी अवस्थामा रहेको निर्माणाधीन पुल बगाएको छ ।
बौदीकाली गाउँपालिकाको-१ र २ जोड्नका लागि शेरामा निर्माणाधीन अवस्थामा रहेको पुलको स्ल्याब र बिम बगाएको गाउँपालिका कार्यालयले जनाएको छ ।बौदीकाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीपचन्द्र सुवेदीका अनुसार शेरामा निर्माण हुँदै गरेको पुलको फलामे संरचनालाई बाढीले बगाएको हो ।
सुवेदीका अनुसार तीन करोड ५० लाखको लागतमा निर्माण भएको पुलको काम अन्तिम चरणमा पुगेको थियो ।