चलचित्रकर्मीका लागि कोरोना खोपको माग
चलचित्र निर्माता संघले चलचित्रकर्मीका लागि कोरोना खोपको माग गरेका छन्। संघका अध्यक्ष आकाश अधिकारीले स्वास्थ्य मन्त्री शेरबहादुर तामाङसँग ४५ सयदेखि ५ हजार चलचित्रकर्मीका लागि कोरोनाविरुद्ध खोपको माग गरेका हुन्।
मंगलवार अधिकारीले मन्त्रीलाई ज्ञापन पत्र वुझाउँदै प्रस्ताव राखेका थिए। भन्छन्, तत्काल दुई-तीन वटा देशबाट खोप ल्याउने पहल भइरहेको छ। मन्त्रीज्यूले त्यो खोप ल्याएपछि चलचित्रकर्मीलाई उपलब्ध गराउने भन्नु भएको छ।
चलचित्रकर्मीलाई खोप उपलब्ध गराएपछि राज्यका विभिन्न निकायसँग हातेमालो गर्दै अग्रपंक्तिमा खटिएर कोरोना नियन्त्रणका लागि चलचित्रकर्मीले ठुलो भूमिका खेल्न सक्ने निर्माता संघको दावी छ।