अरुण हाइड्रोको ३ लाख ३५ हजार कित्ता शेयर लिलाममा
अरुण भ्याली हाइड्रोपावरले ४ लाख कित्ता बढी शेयर लिलाम गर्ने भएको छ । कम्पनीले हकप्रद निष्काशन गर्दा बिक्रि नभएको सर्वसाधारण समुहको ४ लाख ३५ हजार ८ सय ४९ कित्ता शेयर लिलाम गर्ने भएको हो ।
कम्पनीले यी शेयर असार ९ गतेदेखि १६ गतेसम्म लिलाम गर्ने भएको हो । शेयर लिलामीको लागि मुक्तिनाथ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । लिलामीको शेयरमा मुक्तिनाथ क्यापिटलको कार्यालय, मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालय, र अरुण भ्याली हाइड्रोको कार्यालयबाट आवेदन दिन सकिने छ ।
आवेदन दिंदा न्युनतम १०० कित्ता र अधिकतम पुरै कित्ताको लागि आवेदन दिन सकिने छ । यी शेयरको न्युनतम मूल्य १०० तोकिएकोले सो भन्दा बढी रकम कबुल गरेर आवेदन दिनु पर्ने छ । सबै भन्दा बढी रकम कबुल गर्नेले शेयर पाउने छन् । सबैभन्दा बढी रकम कबुल गर्नेले शेयर पाएपछि पनि शेयर बाँकि रहेको खण्डमा दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छन् । शेयर नसकिंदासम्म यहि प्रक्रियाबाट शेयर बाँडफाँड हुने छ ।