आजदेखि लिलामीमा स्वाबलम्बन लघुवित्तको संस्थापक शेयर


काठमाडौं । स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख ९० हजार ६५० कित्ता संस्थापक शेयर आजदेखि लिलामीमा विक्री खुला गरेको छ । कम्पनीले प्रतिशेयर रू। ७५१ मूल्यमा असार २७ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिने गरी उक्त शेयर लिलामीमा विक्री खुला गरेको हो ।

तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्युनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गरी बोलकबोल गर्न सकिने व्यवस्था छ । तोकिएको अवधिभित्र प्राप्त बोलपत्र असार २९ गते अपरान्ह १ बजे विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडको कार्यालय, काठमाडौंमा खोलिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *