कोरोनाका कारण विश्वमा भयावह बन्दै बेरोजगारी ,२० करोड मानिस बेरोजगार हुने


काठमाडौं । कोरोना महामारीका कारण विश्वमा बेरोजगारीको सङ्ख्या बढ्ने जनाएको छ । अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) बुधवार एक प्रतिवेदन प्रकाशन गर्दै कोभिड महामारीका कारण रोजगारीमा पर्ने असरको विस्तृत विवरण प्रस्तुत गरेको छ । सो प्रतिबेदनमा कोरोनाको महामारीका कारण विश्वमा लाखौँले रोजगारी गुमाएको तथा नयाँ रोजगारीका लागि तयार रहेका लाखौँ बेरोजगार भएका उल्लेख गरेको छ ।

यो वर्ष कोरोनाका कारण सात करोड ५० लाख मानिसको रोजगारी गुमेको आइएलओको तथ्यांकले जनाएको छ । आइएलओका निर्देशक गाय राइडले अर्को वर्ष अर्थात सन् २०२२ सम्म विश्वमा बेरोजगारीको सङ्ख्या २० करोड ५० लाख पुग्ने अनुमान गरिएको बताए ।

यसले गरिब तथा मध्यम देशमा असमानता बढाउने बताए । कुल १६४ पृष्ठ लामो विश्व रोजगार तथा सामाजिक परिदृश्य प्रवृत्ति २०२१ नामक प्रतिवेदनका अनुसार, ठोस नीतिगत प्रयासको अभावमा महामारीले अप्रत्याशित विनाश मच्चाएको छ । यसको असर कैयौं वर्षसम्म रहनेछ । रोजगारी र काम गर्ने समयमा कमीका कारण बेरोजगारी संकट थप गहिरो बन्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *