अरुण भ्यालीको ४ लाख कित्ता बढी शेयर लिलाममा आउने


अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको हकप्रदमा नविकेको शेयर लिलामी बिक्रीमा आउने भएको छ । कम्पनीको ४ लाख ३६ हजार ८८४ कित्ता शेयर लिलामीमा आउने भएको हो । कम्पनीले जारी गरेको ५० प्रतिशत हकप्रदमा बिक्री नभएको उक्त परिणमको शेयर लिलामीमा आउने भएको हो ।

कम्पनीले वैशाख ६ गतेदेखि जेठ २ गतेसम्म चुक्ता पुँजीको ५० प्रतिशत अर्थात ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद शेयर बिक्री गरेको थियो ।कम्पनीको हकप्रद रितपूर्वक आवेदन दिने २२ हजार ७०६ जनाबाट प्राप्त आवेदनका आधारमा ४८ लाख ४ हजार ३१३ कित्ता शेयर बाँडफाँड गरिएको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले जनाएको छ ।

हकप्रदपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ५७ करोड २३ लाख ५९ हजार १०० रुपैयाँ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *