कालो कोटको आवरणमा केही व्यक्तिले न्यायालयलाई विवादमा ल्याए : प्रधानमन्त्री


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनविरुद्धका रिट निवेदक पक्षका अधिवक्ताहरूले संवैधानिक इजलासमा तमासा देखाएको बताएका छन् । विपक्षी गठबन्धन र उक्त गठबन्धनसँग आबद्ध अधिवक्ताहरूले संवैधानिक इजलासमा तमासा देखाएको भन्दै प्रधानमन्त्री ओलीले आक्रोश पोखेका हुन् ।

एमाले सम्बद्ध युवा संघको केन्द्रीय सचिवालय बैठकलाई सम्बोधन गर्दै ओलीले आफूले लेखेर दिएको फैसला पढेर सुनाउने न्यायाधीश मात्र मान्ने भनेर वितण्डा मच्चाइएको आरोप लगाए ।
उनले भने, ‘हामीले लेखेर दिएको फैसला पढेर सुनाउने न्यायाधीशमात्र मान्छौं भनेर कालोकोटधारीले न्यायपालिकालाई कुन हैसियतमा पुर्‍याउँदैछन्? यो गम्भीर विषय हो । उनीहरू न्यायाधीश छान्नेमात्र होइन फैसला पनि हामी नै दिन्छौं भन्दैछन् ।’प्रधानमन्त्रीले पूर्वप्रधानन्यायाधीशहरूको वक्तव्यबाजीप्रति पनि आपत्ति जनाएका छन् । देशलाई पूर्वहरूको विषाक्त विचारबाट मुलुकलाई जोगाइने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *