जीवनलाई सफल बनाउन आफैसँग गर्नुपर्ने यी ९ प्रतिवद्धता
भोलिको सफलता भनेको हाम्रो आजको मेहनत, प्रतिवद्धता र बानीहरुको नतीजा हो । त्यसका लागि हामी आफ्नो जीन्दगीप्रति जीम्मेवार हुनुपर्छ ।
जीम्मेवारीका साथ लागि परेमा आउने दिनमा सफल हुनेछन् । त्यसकारण हरेक मानिसले प्रतिवद्धताका साथ काम गरेमा जिवनलाई सफल बनाउन सकिन्छ ।आफैसँग गर्नुपर्ने ९ प्रतिवद्धता
१। आफ्नो क्षमतालाई चिनेर सोही अनुसारको अवसर सिर्जना गर्नतर्फ लाग्नेछु ।
२। समयलाई महत्व दिनेछु ।
३। पैसालाई भन्दा बढी आफ्नो सिकाई, अनुभव र व्यक्तित्व विकासलाई महत्व दिनेछु ।
४। अनुशासन रहनेछु । आफुले बोलेका र तय गरेका कुराहरुप्रति जीम्मेवार हुनेछु ।
५। टेदिभिजन तथा मोवाइलमा यत्तिकै समय खेर फाल्नेछैन । हरेक दिन पुस्तक पढ्नका लागि समय निकाल्नेछु ।
६। समस्या आएमा पीडित बनेर बस्ने छैन । समस्याको समाधानको उपाय खोज्नेछु ।
७। काममा लगनशीलता र धैर्यताका साथ लाग्नेछु ।
८। सहयोगको आवश्यकता परेकाहरुलाई आफ्ना तर्फबाट सक्दो सहयोग गर्नेछु र सामाजिक दायित्वको निर्वाह गर्ने प्रयास गर्नेछु ।
९। हरेक महिना आफ्नो आम्दानीको थोरै प्रतिशत भएपनि जम्मा गर्नेछु ।