नेपाली काँग्रेसद्धारा १०१ स्थानको क्रियाशील सदस्यताको नामावली टुंगो
नेपाली काँग्रेसले १०१ स्थानको क्रियाशील सदस्यताको नामावली टुंगो लगाएर पार्टीको आधिकारिक वेवसाइटमा सार्वजनिक गरेको छ ।
कांग्रेस केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिको बैठकको निर्णय अनुसार गत वैशाख ३० गते, ४५ जिल्लाका ८० स्थान र जेठ १५ गते १६ जिल्लाका २१ स्थान समेत गरी कूल १०१ स्थानको सदस्यता नामावली टुंगो लगाइएको हो ।
समितिले कुनै त्रुटी भएमा सच्याउनका सम्बन्धित ठाउमा जानकारी गराउन आग्रह गर्दै उक्त १०१ स्थानका लागि नामावली इन्ट्री गर्ने सफट्वेयर बन्द गरिएको जनाएको छ । अब बाँकी १०६ स्थानमा बाँकी रहेका नामावली इन्ट्री गर्नका लागि जेठ २५ गते राति १२ बजे सम्मका लागि कम्प्युटर सफ्टवेयरलाई खुला गरिएको समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।