आफूलाई विद्वान ठान्नेहरूले उच्च जिम्मेवारीमा रहेकाहरूको अपमान गरे


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई विद्वान् ठान्नेहरूले देशका उच्च तहमा रहेकाहरूलाई अपमान गर्ने गरेको आरोप लगाएका छन् । आइतबार राष्ट्रिय महिला दिवसको अवसरमा बालुवाटारमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आफूलाई विद्वान ठान्नेहरूले उच्च जिम्मेवारीमा रहेकाहरूको अपमान गर्ने गरेका बताएका हुन् ।

“आफूलाई विद्वान् ठान्नेहरूको जिन्दगी सकिएको देखेर दुःख लाग्छ । एउटा मानवीय सभ्यताको तहमा पनि उठ्न नसकेका त्यस्ता तत्वहरूले अहिले पनि घृणा फैलाउने काम गरिरहेका छन् । यसका विरुद्धमा हामीले मर्यादा, शिष्टता, सभ्यता भएको समाज निर्माण गर्न जरुरी छ,” ओलीले भने ।

उनले यस्तो प्रवृत्ति समाजका लागि हानिकारक रहेको समेत बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *