जसपामा पत्रयुद्ध : महन्थले उपेन्द्रलाई,उपेन्द्रले महन्थलाई ‘अल्टिमेटम’पत्र
जसपाका अध्यक्ष महन्थ ठाकुरले तोकिएको समयमा स्पष्टीकरण नबुझाएको भन्दै अर्का अध्यक्ष उपेन्द्र यादवलाई फेरि स्पष्टीकरण पठाउन ताकेता गरेका छन् । उनले २४ घण्टे अल्टिमेटमसहित पुनः स्पष्टीकरण पत्र पठाउँदै सो अवधिमा जवाफ प्राप्त नभए पार्टीबाट निष्काशन समेतको कारबाही हुन सक्ने चेतावनी दिएका छन् ।
पार्टी विधि र पद्धतिमा चल्नुपर्ने भन्दै उनले पार्टीको अनुशासन उल्लघंन गर्नेलाई पार्टीको विधानअनुसार कारवाही हुने बताए । जसपाका अध्यक्ष महन्थ ठाकुरले तोकिएको समयमा स्पष्टीकरण नबुझाएको भन्दै अर्का अध्यक्ष उपेन्द्र यादवलाई फेरि स्पष्टीकरण पठाउन ताकेता गरेका छन् । उनले २४ घण्टे अल्टिमेटमसहित पुनः स्पष्टीकरण पत्र पठाउँदै सो अवधिमा जवाफ प्राप्त नभए पार्टीबाट निष्काशन समेतको कारबाही हुन सक्ने चेतावनी दिएका छन् । अघि उपेन्द्र यादवले पनि ठाकुरलाई तोकिएको समयमा स्पष्टीकरण नबुझाएको भन्दै २४ घण्टे अल्टिमेटमसहितको पत्र पठाएका थिए ।
केन्द्रीय कार्यालयका प्रमुख प्रकाश अधिकारीद्वारा हस्ताक्षरित पत्रमा २४ घण्टाभित्र चित्तबुझ्दो जवाफ नआए राजनीतिक दलसम्बन्धी ऐन, २०७३ र जनता समाजवादी पार्टी नेपालको अन्तरिम विधानको ६४(५) अर्थात हाल संशोधित धारा ६९(५), ५०(१) र जेठ ८ मा भएको निर्णयको बुँदा नम्बर ४ बमोजिम निष्काशन समेतको कारबाही हुने चेतावनी दिइएको छ ।
यादव पक्षले वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई पनि तीन दिनभित्र स्पष्टिकरण दिन पत्र पठाइएको थियो । तीन दिनको दिनको म्याद सकिए पनि अध्यक्ष ठाकुरबाट कुनै प्रतिकृया नआएपछि बाध्य भएर २४ घण्टे स्पष्टीकरण सोधिएको अध्यक्ष उपेन्द्र यादवले बताए । उनका अनुसार महतो, कर्ण र शुक्लालाई पनि सोही व्यहोराको पत्र पुन पठाइएको छ ।