विश्व चर्चित गायक बब मार्लीका प्रेरणदायी विचार


विश्वचर्चित गायक बब मार्ली उत्तर र दक्षिण अमेरिकी महादेशबीचको टापु वेष्ट इन्डिज समुद्रको बीचमा पर्ने जमाइकाको राजधानी किङ्गस्टनमा जन्मेका हुन् ।

बब आफू काला जाति भएकै कारण काला जातिले चलाएको मुक्ति संग्राममा सक्रिय सहभागिता जनाउँदै मुक्तिसंग्रामका अनुभूति नजिकबाट भोग्ने मौका पाए ।उनले सानैदेखि जातीय उत्पीडनविरुद्ध गीत गाउन थाले । उनको औपचारिक गायनयात्रा भने जिम्बाबेका जनताले चलाएको मुक्तियुद्धको पक्षमा गीत गाएपछि सुरु भएको हो ।

उनले गाएका विश्वचर्चित गीतमध्ये ‘बफेलो सोल्जर्स’, ‘नो वुमन एण्ड मेन क्राय’ आदि हुन् भने उनले ‘भोले बम बम’ भन्ने हिन्दू भजन समेत गाएका थिए । विश्वमा उनका धेरै फलोअरहरु रहेका छन् ।
उनै बब मार्लीको प्रेरणादायी भनाइहरु हामीले यहाँ प्रश्तुत गरेका छौं

१। आँखा खोल र आफैलाई हेर त, के तिमीले बाँचिरहेको जीवनप्रति तिमी सन्तुष्ट छौ रु

२। प्रत्येक व्यक्तिलाई आफ्नो भाग्य चुन्ने अधिकार छ ।

३। संगितको बारेमा एउटा राम्रो तथ्य के हो भने जब यसले हान्छ तब केही पीडा हुदैन ।

४। एउटा ढोका बन्द हुँदा के तिमीलाई थाहा छ दोस्रो खुलेको हुन्छ ।

५। थोरै मानिसले मात्र वर्षातको अनुभूत गर्दछन् बाँकी रुझ्दछन् ।

६। आफ्नो इतिहास नबिर्स, न त भाग्य नै ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *