ताजा जनादेशमा जानुलाई प्रतिगमन भन्न मिल्दैन : प्रधानमन्त्री


प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनादेशमा जानुलाई प्रतिगमन भन्न नमिल्ने बताएका छन् ।

शुक्रवार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ताजा जनादेशमा जानुलाई प्रतिगमन भन्न नमिल्ने बताएका हुन् ।ताजा जनादेशमा जानु प्रतिगमन होइन, यो लोकतन्त्रको विशेषता हो, प्रधानमन्त्री ओलीले भने, प्रतिगमन भन्नु जनताको सार्वभौमसत्तालाई अपमान गर्नु हो ।

हुने चुनाव निष्पक्ष हुने दाबी गर्दै शंका भए सरकारमा सहभागी हुन पनि अपिल गरेका छन् ।चुनाव निष्पक्ष हुन्छ । मनमा केही आशंका छन् भने फेरि पनि भन्न चाहन्छु, आउनुस् सबै सरकारमा सहभागी बन्नुस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *