स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेहरूको अपराध अक्षम्य : गगन थापा
पूर्व स्वास्थ्यमन्त्री एवम् नेपाली कांग्रेसका नेता गगन थापाले स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेहरूको अपराध अक्षम्य रहेको बताएका छन् ।
उनले भेरी अस्पतालमा चिकित्सकमाथि आक्रमण गर्नेलाई कुनै पनि वहानामा उन्मुक्ति नदिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह समेत गरेका छन् । सामाजिक संजाल टिवटरमा उनी लेख्छन्
‘कठिन समयमा स्वास्थ्यकर्मीले हरसंभव प्रयत्न गरिरहेका छन।रातदिन भोक प्यास नभनि कोभिड उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई आड भरोसा दिनुको सट्टा उल्टै आक्रमण,दुर्व्यवहार!यो निन्दनीय छ,अकल्पनीय छ,अक्षम्य छ।
भेरी अस्पताल घटनामा संलग्न दोषीलाई कुनै पनि वहानामा उन्मुक्ति नदिइयोस्।