संवैधानिक इजलास गठन,प्रधानन्यायाधीश सहित यी न्यायाधीशहरु समावेश
काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्ध परेका मुद्दा हेर्ने गरी सर्वोच्च अदालतले संवैधानिक इजलास गठन गरेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको नेतृत्वमा ५ सदस्यीय इजलास गठन भएको हो। इजलासको सदस्यमा दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमबहादुर श्रेष्ठ छन्। केसी यसअघि पुस ५ को प्रतिनिधिसभा विघटन विरुद्धको संवैधानिक इजलासमा पनि सदस्य थिए।
इजलासले प्रतिनिधिसभा विघटनविरुद्धका २६ र प्रधानमन्त्री ओलीको पक्षका ४ गरी ३० वटा रिटमा सुनुवाइ गर्नेछ।