उपत्यकामा आजबाट कडा निषेधाज्ञा, उल्लङ्घन गरे कैद सजायसम्म


काठमाडौं । काठमाडौं उपत्यकाभित्र थप गरिएको एक हप्ते निषेधाज्ञा आजबाट शुरु भएको छ। यस टक थपिएको निषेधाज्ञालाई पहिलाभन्दा कडाईका साथ लागू गर्न सम्बन्धित निकायहरुलाई जिल्ला प्रशासन कार्यालयले निर्देशन समेत दिइसकेको छ।
हालै जारी भएको कोभिड–१९ सङ्कट व्यवस्थापनसम्बन्धी अध्यादेश बमोजिम निषेधाज्ञा उल्लङ्घन गर्ने व्यक्तिलाई शुक्रबारदेखि नगद जरिवाना तथा कैद सजाय हुने उपत्यकाका जिल्ला प्रशासन कार्यालयले जानकारी दिएका छन् ।

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूले अवस्थाको मूल्यांकन गर्दै एक साता निषेधाज्ञा थप्ने निर्णय गरेको हो।

अघिल्ला निषेधाज्ञा भन्दा यसपटकको निषेधाज्ञामा केही क्षेत्र संचालनमा पूर्ण रोक लगाइएको छ। पछिल्लो निर्णय अनुसार अब खाद्यान्नका पसलहरुलाई पूर्णरुपमा खोल्न निषेध गरिएको हो।
खाद्यान्नका पसलदेखि डिपार्टमेन्ट स्टोरसमेत खोल्न पाइने छैन। यसअघि बिहान ७ बजेदेखि १० बजेसम्म खाद्यान्नका पसलका साथै डिपार्टमेन्ट स्टोर खोल्न दिइएको थियो। पसल र स्टोरहरु बन्द रहेपनि तरकारी, माछा, मासु, दुध लगायतका पसलहरु भने संचालन गर्न पाइनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *