बिग्रेको सिस्टमको कारण कैयौं निर्दोष मारिन्छन्


काठमाडौं । स्ट्यान्डअप कमेडियन आदर्श मिश्राले बुवा गुमाएका छन् । उनको निधनको कारण समयमा डायलसिस नहुनु आदर्शले बताएका छन् । नारायणी अस्पताल, विरगञ्जमा चार घन्टा डायलसिस गराउनुपर्नेमा तीन घन्टामात्रै गराएपछि मिश्राले पितालाई उपचारका लागि भरतपुर अस्पताल पुर्याएका थिए । त्यहीँ उनको निधन भयो ।

आदर्शका अनुसार चार वर्षदेखि उनका बुवा मृगौलाको उपचार गराइरहेका थिए । आदर्शले भिडियोमार्फत आफ्नो बुवाको मृत्युको कारणबारे बताएपछि डायलसिसमा लापरवाही गर्ने अस्पतालको यतिबेला चौतर्फी आलोचना भइरहेको छ । निर्देशक निश्चल बस्नेतले पनि अस्पताल प्रशासनको आलोचना गरेका छन् । समयमै आदर्शका कुरा सुनिएको भए उनका बुवाको ज्यान बचाउन सकिने उनले बताएका छन् ।

“शायद आदर्शले भनेको कुरा हामीले पनि सुन्नुपर्ने ठाउँमा पुर्याउन सकेको भए…! हामीले केही नगर्नु र अस्पताल प्रशासनले केही नगर्नुमा धेरै फरक पर्छ । डायलसिस टाइममा गर्न नसक्नु भनेको चाहिने समयभन्दा थोरै गर्नु भनेको बिरामीको ज्यानको माया मार्नु सरह हो,” निश्चल सामाजिक सञ्जाल फेसबुकमा लेख्छन्, “मेरो घरमा पनि डायलसिसको बिरामी हुनुहुन्छ । कति कठिन हुन्छ थाहा छ मलाई ।
शायद त्यो बिग्रेको मेसिन टाइममै बनाउने प्रशासन भएको भए, शायद मिडियाले राजनीतिको समाचार मात्र सम्प्रेषण नगरेर यस्तो विषयलाई पनि प्राथमिकता दिएको भए कोभिड मात्रै होइन अरु रोग पनि छ । जसले अफ्ट्यारो पारिरहेछ भन्ने हाम्रो हेल्थ सिस्टमले पहिले बुझेको भए आज उसलाई सहानुभूतिको आवश्यकता पर्ने थिएन होला ।
” निश्चल अगाडि थप्छन्, “अभिभावक गुमाउनुको पीडा म सम्झिन पनि सक्तिन उसले भोगिरहेछ । हाम्रो गैरजिम्मेवार नेत्तृत्वको बिग्रेको सिस्टमको कारण कैयौं यस्ता घटना घटिरहेछन् । डर लाग्छ हामी पनि कहिले यही सिस्टमको सिकार हुन्छौं भनेर ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *