सीसीएमसीको प्रमुखमा पूर्व रथी बालानन्द शर्मा नियुक्त


सरकारले कोभिड-१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसी को प्रमुखमा पूर्व रथी बालानन्द शर्मालाई नियुक्त गरेको छ। सोमबार साँझ अबेरगरि बसेको मन्त्रीपरिषदको बैठकले शर्मालाई बिशेषअधिकार सहित सीसीएमसीको प्रमुखमा नियुक्त गरेको हो।

सेना परिचालन तथा आपतकाल लगाउने सम्मको बिशेष अधिकार सहित सरकारले शर्मालाई सीसीएमसीको प्रमुखमा नियुक्त गरेको हो। नेपाली सेनाका पूर्व रथी शर्मालाई सचिवसरहको सेवा सुविधा हुने गरि नियुक्त गरिएको स्रोतले जनाएको छ।

शुक्रबार राजपत्रमा प्रकाशित भएको ‘कोभिड १९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ अनुसार शर्मा सिसिएमसीमा नियुक्त भएका हुन् । यसअघि सिसिएमसीको प्रमुख प्रधानमन्त्री कार्यालयको सचिव थिए। यसलाई नेपालमा आपतकाल घोषणा गरेर त्यसको लागि आवश्यकताअनुसार सेना परिचालन गर्न सक्ने बिशेष अधिकारि समेत दिईएको हुन्छ।

अध्यादेशले उपप्रधानमन्त्री इश्वर पोखरेलको नेतृत्वमा रहेको सीसीएमसी खारेज गरि प्रधानमन्त्रीको नेतृत्वमा १० सदस्यीय निर्देशक समिति बनाएको थियो ।
निर्देशक समितिले कोभिड १९ को रोकथाम, नियन्त्रण, निदान, र उपचार ब्यबस्थापन सम्बन्धि कार्यलाई प्रभावकारी रुपमा संचालन गर्छ । निर्देशक समितिमा उपप्रधानमन्त्री, स्वास्थ्य मन्त्री, गृह मन्त्री, अर्थमन्त्री, उद्योग मन्त्री, परराष्ट्र मन्त्री , नेपाल सरकार मुख्य सचिव र प्रधानसेनापति सदस्य रहने छन् । त्यस्तै कोभिड १९ संकट ब्यबस्थापन केन्द्रका प्रमुख निर्देशक समितिमा सदस्य सचिवको रुपमा रहने छन् । केन्द्रको प्रमुख भने नेपाल सरकारले नियुक्त गर्ने छ। यो केन्द्र निर्देशक समितिको प्रत्यक्ष निर्देशन र नियन्त्रणमा रहने छ । केन्द्रको सचिवालय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहने छ । सोहि प्रावधान अनुसार बालानन्द शर्मा केन्द्रको प्रमुखमा नियुक्त भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *