देवकोटा र पाण्डेलाई राष्ट्रियसभा उपनिर्वाचनमा जिताउन अपील
राष्ट्रिय जनमोर्चाले बिहीबार हुने राष्ट्रियसभा उपनिर्वाचनमा डा.खिमलाल देवकोटालाई समर्थन गर्ने जनाएको छ । सो पार्टीका अध्यक्ष चित्रबहादुर केसीले बुधबार एक विज्ञप्ति जारी गर्दै सो धारणा सार्वजनिक गरेका हुन् ।
विज्ञप्तिमा बाग्मती प्रदेशमा जेठ ६ गते हुने निर्वाचनमा उम्मेदवार रहेका डा.देवकोटालाई नैतिक समर्थन गर्ने पार्टीको नीति रहेको बताइएको छ ।
देवकोटा प्रतिगमन विरोधी गठबन्धनको उम्मेदवारको रुपमा खडा हुनुभएको प्रस्ट पार्दै विज्ञप्तिमा भनिएको छ ‘ प्रतिगमनलाई परास्त गर्न प्रतिगमन विरोधी उमेदवारलाई जिताउन हामीले उहाँलाई प्रतिगमन विरोधी शक्तिहरूको साझा उमेदवारको रुपमा अगाडि सार्ने सहमति अनुरुप नै हाम्रो पार्टीले समर्थन गर्ने निर्णय लिएको छ ।
त्यस्तै जेठ १७ गते लुम्बिनी प्रदेशमा हुने निर्वाचनका उमेदवार दीर्घनारायण पाण्डेयलाई समर्थन गर्ने विज्ञप्तिमा जनाइएको छ ।